You are viewing the translated version of जग्गा प्राप्त गर्न सिफारिस, समन्वय र सहजीकरण गर्ने.
Rule 14
जग्गा प्राप्त गर्न सिफारिस, समन्वय र सहजीकरण गर्ने
(१) विदेशी लगानी स्वीकृत भएको उर्जामूलक, उत्पादनमूलक, पूर्वाधार र खनिजजन्य उद्योगले आफूलाई आवश्यक पर्ने जग्गा आफ्नै पहलमा खरिद गर्न वा प्राप्त गर्न नसकेमा त्यस्तो जग्गा खरिद गर्नको लागि समन्वय वा सहजीकरणको लागि लगानी स्वीकृत गर्ने निकाय समक्ष तथा हदबन्दी भन्दा बढी जग्गा आवश्यक पर्ने भएमा उद्योग दर्ता गर्ने निकाय समक्ष देहाय बमोजिमका विवरण तथा कागजात सहित निवेदन दिन सक्नेछः-
(क) विदेशी लगानी स्वीकृति पत्रको प्रतिलिपि,
(ख) उद्योग दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
(ग) उद्योगको स्वीकृत परियोजना प्रस्ताव,
(घ) उद्योगका लागि आवश्यक पर्ने जग्गाको क्षेत्रफल र स्थान,
(ङ) अन्य कुनै निकायबाट अनुमति आवश्यक पर्ने भएमा त्यस्तो अनुमति पत्र,
(च) जग्गा प्राप्त गर्नको लागि आवश्यक सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता पत्र,
(छ) उद्योग आफैले जग्गा खरिद वा प्राप्त गर्न नसकेको कारण ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा लगानी स्वीकृत गर्ने निकाय वा उद्योग दर्ता गर्ने निकायले नेपाल सरकारका सम्बद्ध निकायसँग समन्वय गरी त्यस्तो उच्ोगलाई आवश्यक पर्ने जग्गा खरिद वा प्राप्त गर्न आवश्यक सिफारिस, समन्वय र सहजीकरण गरिदिनु पर्नेछ।